काठमाडौं। सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्स प्रालिले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । आज (बुधवार) देखि शनिवारसम्म चल्ने क्याम्प कञ्चनजंगा बैंक्वेट विराटनगरमा आयोजना हुने बताइएको छ ।
क्याम्पमा ग्राहकले लिपमोटर सी१० र सिट्रोन ईसी३ जस्ता अत्याधुनिक विद्युतीय सवारीसाधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सुविधा पाउने बताइएको छ । लिपमोटर सी१० नयाँ पिँढीको विद्युतीय सवारीसाधन भएको र जसले स्लीक डिजाइनलाई शक्तिशाली प्रदर्शनसँग मिलाएर उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । यस्तै, सिट्रोन ईसी३ ले कार्यकुशलता, स्टाइल र आरामलाई एक समर्पित विद्युतीय सवारीसाधनमा एकत्रित गरेको बताइएको छ ।