logo
भाटभटेनीको ‘इन्जोय योर राइड विथ ह्विसपर’ अभियानमा स्कुटर पाउने १४ जना विजेताको नाम घोषणा
भाटभटेनीको ‘इन्जोय योर राइड विथ ह्विसपर’ अभियानमा स्कुटर पाउने १४ जना विजेताको नाम घोषणा

काठमाडौं । भाटभटेनी सुपरमार्केटले ‘इन्जोय योर राइड विथ ह्विसपर’ अभियानका १४ जना विजेताको नाम घोषणा गरेको छ । गत बुधवार कलंकीस्थित भाटभटेनी सुपरस्टोरमा विजेता घोषणा गरिएको हो । 

जसअनुसार सृजना अधिकारी (चितवन स्टोर), निलिमा गुरुङ (इटहरी स्टोर), समिता दाहाल (दमक स्टोर), गोमा देवी राई (महाराजगञ्ज स्टोर), विमला तिमल्सिना निरौला (बिर्तामोड स्टोर), समीर पौडेल (सुनगाउँ स्टोर), सुनिता राउत (विराटनगर स्टोर), जुनु श्रेष्ठ (सानागाउँ स्टोर), पूजा कुँवर (बुटवल स्टोर) र सुदि चौधरी (टोखा स्टोर) विजयी भएका छन् । 

यसैगरी, नीलु मालाकार (सातदोबाटो स्टोर), आहना श्रेष्ठ (चितवन स्टोर), सरिता श्रेष्ठ (इटहरी स्टोर) र सपना बासाकोटी (इटहरी स्टोर)लाई विजेता घोषणा गरिएको छ । विजेताले सुजुकी बर्गम्यान स्कुटर पाउने छन् । 

कार्यक्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।  

२०२४ अक्टुवर २ देखी शुरु भएको उक्त अभियान २०२५ जनवरी २३ मा सम्पन्न भएको थियो । सो अवधिमा भाटभटेनीका सुपरस्टोरबाट 'ह्विसपर'का उत्पादन किन्ने ग्राहकलाई उक्त अभियानमा सहभागी गराइरहेकाे थियो । भाटभटेनीका २७ ओटा स्टोरमा सञ्चालन भएको उक्त अभियान ७० हजारभन्दा बढी सहभागी भएको भाटभटेनीले जनाएको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.