काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा निरन्तर १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई शुक्रवार ‘दीर्घ सेवा सम्मान’बाट सम्मान गरेको छ । बैंकले चैत १ लाई ‘इम्प्लोइ डे’ को रूपमा मनाउँदै आएको छ । बैंकले उन्नाइसौं वर्ष प्रवेशको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा निरन्तर १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरिएको हो ।
बैंकमा हाल १८ सय कर्मचारी कार्यरत छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्न कर्मचारीको मेहनत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ ।