काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र ट्रेड क्रेडिट म्यानेजेमेन्ट तथा ट्रेड क्रेडिट इन्स्योरेन्समा काम गर्दै आएको डेल्क्रेडाबीच सम्झौता भएको छ । नेपालमा ट्रेड क्रेडिट बीमा प्रडक्टको विकास, विस्तार गर्ने उद्देश्यले सम्झौता भएको बताइएको छ, जसले व्यवसाय र सरकारलाई पर्याप्त फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौतापत्रमा डेल्क्रेडाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । यस सहकार्यको लक्ष्य नेपाल बीमा प्राधिकरणलाई वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्दै नेपालमा ट्रेड क्रेडिट इन्स्योरेन्सको बृहत् नियामकीय ढाँचा विकासमा सहयोगका लागि संयुक्त प्रयास गर्नु रहेको बताइएको छ । यसले लागतमा आधारित तालीम कार्यक्रममार्फत ट्रेड क्रेडिट इन्स्योरेन्सका फाइदाबारे सचेत र प्रशिक्षित गराउने बताइएको छ ।