काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार संघमा रहेका ट्रकको मोटर बीमा सलिकोले गर्ने भएको हो ।
उक्त सम्झौतामा सलिकोका नायब महाप्रबन्धक कविराज पौडेल र संघका अध्यक्ष मोहनसिंह साउदले हस्ताक्षर गरेका छन् । सो अवसरमा सलिको इन्स्योरेन्सका प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने र संघका पदाधिकारी तथा यातायात व्यवसायीको उपस्थिति थियो । संघमा आबद्ध सवारीसाधनकोे बीमा सलिकोबाट हुने र भविष्यमा कुनै दाबी परेमा सलिकोले सरल, सहज रूपमा शीघ्र भुक्तानी गर्ने समेत बताइएको छ ।