काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को २७औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष मनोहरदास मुलले कम्पनीको व्यवसाय लगायतका अन्य गतिविधिका बारेमा शेयरधनीलाई जानकारी गराएका थिए ।
सभाले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चारजना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यवस्था बमोजिम वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाका अजिथ रोहण गुणवद्र्धना, मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थमणि राजभण्डारी तथा साधारण शेयरधनीको समूहबाट अरुणराज श्रेष्ठ र बिजन भट्टराईलाई निर्विरोध चयन गरेको छ ।