काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६५ दशमलव ५६ कायम भएको छ ।
नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।