काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगापेक्षी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको ‘स्नो याक फाउन्डेसन’लाई आर्थिक सहयोग गरेको छ । बैंकको स्थापना दिवसको अवसरमा उक्त सहयोग गरिएको हो ।
विशेषगरी विपन्न परिवारका बालबालिकाको शिक्षा प्राप्त गर्ने आधारभूत अधिकारलाई सुरक्षित गर्ने संस्थाको अभियानलाई साथ दिन रू. १ लाखको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । फाउन्डेसनले हाल ५०० बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको बताइएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले हरेक वर्ष सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोगका कार्यक्रम सञ्चालन गर्दै जाने बैंकले जानकारी दिएको छ ।