काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा बुधवार (आज) सम्पन्न भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको हो ।
सभाले लाभांश र मर्जर प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड गाभ्ने/गाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ ।