काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई योजनाले गत आर्थिक वर्ष (आव)को मुनाफाबाट प्रतिफल घोषणा गरेका छन् ।
यसअन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीले करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीले करसहित ४.५ प्रतिशत प्रतिफल पाउने भएका छन् ।
योजना व्यवस्थापकको साउन २४ गते बसेको सञ्चालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि करसहित इकाईधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यी दुवै फण्ड लक्ष्मी सनराइज क्यापिटको व्यवस्थापनमा सञ्चालनमा छन् ।