काठमाडौं । सोल्टी होटल लिमिटेड र पाँचथर पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज सम्म रहेको छ ।
सोल्टी होटलले साधारण सभा प्रयोजनको लागि पुस ७ गते देखि २८ गतेसम्म र पाँचथर पावर कम्पनीले पुस ७ गते एक दिन बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनछन् ।
सोल्टी होटलले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको २१ दशमलव ३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश पारितका लागि आगामी पुस २८ गते ४८औं साधारण गर्ने जानकारी दिएको छ ।सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा हुनेछ ।
त्यसैगरी पाँचथर पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १८ गते साधारण सभा बोलाएको छ ।कम्पनीले सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।