काठमाडौं । सोल्टी होटल लिमिटेड र पाँचथर पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बुधवारसम्म रहेको छ । सोल्टी होटलले साधारण सभा प्रयोजनको लागि पुस ७ गते देखि २८ गते सम्म र पाँचथर पावर कम्पनीले पुस ७ गते एक दिन बुक क्लोज गरेसँगै भोलि पुस ६ गते अर्थात् बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
सोल्टी होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको २१ दशमलव ३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश पारितका लागि आगामी पुस २८ गते ४८औं साधारण सभा गर्ने जानकारी दिएको छ । सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा हुनेछ ।
त्यसैगरी पाँचथर पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १८ गते साधारण सभा बोलाएको छ । सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।