साउन २३, काठमाडौं । सोमवार स्पेशल प्रि-ओपन सेसनमा हिमालयन हाइड्रोपावर पहिलो शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.२२८ मा पहिलो कारोबार भएको हो ।
कम्पनीको साधारण शेयर नेप्सेमा साउन २० गते सूचीकृत भएको थियो । यस आधारमा कम्पनीको शेयर काराेबार आइतवार हुनुपर्नेमा म्याचिङ नभएका कारण उक्त दिन हुन सकेन ।
कम्पनीकाे १ करोड ९ लाख ५० हजार कित्ता शेयर शुक्रवार सूचीकरण भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रूपैयाँ ९९ पैसा तोकेको थियो । सोही रेन्जभित्र रहेर पहिलो कारोबार भएको हो । स्टक सिम्बोल ‘एचएचएल’ रहेको छ ।