काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० मा कारोबार भएको सुनको मूल्य ६०० रुपैयाँले घटेर मंगलबार भने १ लाख ५६ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै यो समाचार तयार पार्दासम्म अन्तरराष्ट्रिय बजारमा समेत सुन प्रतिऔंस ४.२५ डलरले घटेको छ । अन्तरारराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५७९.४ डलरमा कारोबार भइरहेको छ । नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।