काठमाडौं । स्थानीय बजारमा आज (बुधवार) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत मंगलवार प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५६ हजार ४०० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । गत मंगलवार प्रतितोला १ हजार ९०५ रुपैयाामा कारोबार भएको चाँदी आजका लागि १ हजार ८९० रुपैयाँ तोकिएको छ ।