काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी तोलाको १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।