काठमाडौं । सुपरमाई हाइड्रोपावरले लिमिटेडले असोज २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं नक्सालस्थित लिसरा रिसेप्सन प्रालिमा उक्त दिन बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा गत आर्थिक वर्ष ०७९/९० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारितका लागि पेस गरिनेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउने कम्पनीले जानकारी दिएको छ ।
सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्रको दफा ६ (ङ) मा भएको व्यवस्था खारेज गर्ने विषय सभाको विशेष प्रस्तावमा छ । यस कम्पनीले गत फागुनमा सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरेको थियो ।