साउन ३०, काठमाडौं । स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनी रू. २ करोड ३२ लाख नोक्सानीमा छ । अघिल्लो आवमा कम्पनी रू. २ करोड ८५ लाख नोक्सानीमा थियो ।
चुक्तापूँजी रू. १ अर्ब ३६ करोड रहेको कम्पनीको जगेडा कोष रू. ९ करोड ४५ लाख ऋणात्मक छ । त्यसैगरी कम्पनीले जगेडा काेषमा रू. २ लाख ५८ हजार सञ्चित गरेको छ ।
कम्पनीको वित्तीय आम्दानी अघिल्लो आवमा रू. ६३ हजार रहेकोमा गत आवमा बढेर रू. ८ लाख ४२ हजार पुगेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव शून्य ४ ऋणात्मक र प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव १० छ ।