काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ७२१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले भदौ १७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।