काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारणसभा भोलि शनिवार आयोजना गरेको छ । कम्पनीले सभा सूर्य क्याटरिङ्ग एण्ड पार्टी प्यालेस, धुम्बाराही, काठमाडौंमा बिहान ८ः३० बजे गर्ने जानकारी दिएको हो ।
सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।