काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । होटेल्सको विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका शेयरधनीलाई उक्त लाभांश लिन अनुरोध गरेको हो ।
नगद लाभांश लिन बाँकी शेयरधनीले होटेल्सको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । साथै हालसम्म पनि शेयर अभौतिकीकरण गरेका शेयरधनीले यथाशीघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गर्नु पर्नेछ ।
त्यसपछि डिम्याट खातामा आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गरेपछि नगद लाभांश बैंक खातामा नै प्राप्त हुनेछ । शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।