काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाइल्यान्डमा २०२४ को 'न्यु इनर्जी भेहिकल ब्रान्ड' विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा अगाडि बढ्ने जनाएको छ ।
नेपालमा नेटाको विक्री तुलनात्मक रुपमा बढ्दै गइरहेको छ । नेपालमा नेटा अटोको ब्रान्डहरू थप गरिने र विक्रीपछिको बजार र सुविधालाई पनि ध्यान दिइने कम्पनीले जानकारी दिएको छ ।
नेपालका लागि नेटा ब्राण्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका (नेटा भी र नेटा एक्स) कार विक्री वितरण गर्दै आइरहेको छ ।