काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर बिहीवार सूचीकृत भएको छ ।
महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता, यूनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ लाख १६ हजार ३६७ दशमलव ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
महालक्ष्मी विकास बैंकले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै यूनियन लाइफ इन्स्योरेन्सले माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत र पोखरा फाइनान्सले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।