काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस शेयर बिहीवार (आज) सूचीकृत भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको उक्त बोनस शेयर सूचीकृत भएको हो । यी कम्पनीका सम्बन्धित शेयरधनीले हितग्राही खातामा शेयर आएपछि कारोबार गर्न सक्नेछन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको १९ लाख ८६ हजार २२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ६३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले करसहित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७३६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
युनाइटेड अजोड इन्स्योरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव २६१२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।