काठमाडौं । नेपालि बजारमा बिहीवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात बुधवार सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७२५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।