काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात आइतवार सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७१५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३५८ डलरमा कारोबार हुँदैछ । अघिल्लो दिन अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३४२ डलरमा बन्द भएको थियो ।