काठमाडौं । नेपाल टेलिकमले भारतमा सस्तो दरमा कल गर्दा लाग्ने महसुल दर परिमार्जन गरेको छ ।
टेलिकमले प्रेस विज्ञप्ति जारी गरी 'एक्सेस कोड १४२४' प्रयोग गरेर भारतमा गरिने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको जानकारी दिएको हो । यससँगै अब टेलिकमको नेटवर्कबाट एक्सेस कोड १४२४ प्रयोग गरेर प्रतिमिनेट ३.७६ रुपैयाँ (करबाहेक)मै भारतमा कल गर्न पाइनेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई गएराति १२ बजेदेखि यो महसुल दर लागू गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।