काठमाडौं। सान्भी अटो लिंकले नयाँ बानेश्वर, काठमाडौंमा नयाँ टीभीएस शोरुम शुरू गरेको छ । शोरुमको बिहीवार हास्य कलाकार सन्दीप क्षेत्री र सांसद दुर्लभ थापाले उद्घाटन गरेका हुन् । व्यक्तिगत यातायातका साधनलाई थप प्रवर्द्धन गर्दै यसका प्रयोगकर्तालाई उच्चस्तरका उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता सञ्चालक कृष्ण थापाले बताए । नयाँ शोरुमले टीभीएस बाइक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारीसाधन मर्मतसम्भार लगायतका सेवा प्रदान गर्ने लक्ष्य राखिएको उनले बताए । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो । कम्पनीको देशभर १५० भन्दा बढी डिलरको सञ्जाल रहेको बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.