अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टलाई पेनी (सिक्का) उत्पादन बन्द गर्न निर्देशन दिएका छन् । ट्रुथ सोसलमा आइतबार एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, 'धेरै लामो समयदेखि, संयुक्त राज्य अमेरिकाले पैसा कमाइरहेको छ जसको शाब्दिक मूल्य हामीलाई २ सेन्ट भन्दा बढी छ । यो व्यर्थ हो! मैले ट्रेजरी सेक्रेटरीलाई नयाँ पेनीहरू उत्पादन नगर्न निर्देशन दिएको छु। आउनुहोस्, हाम्रो महान् राष्ट्रको बजेटबाट एक पटकमा एक पैसा भए पनि घटाउँ।
पेनीको सान्दर्भिकतालाई लिएर लामो समयदेखि चलेको बहसका बीच यो निर्णय आएको हो । बीबीसीका अनुसार सिक्काको उत्पादन लागतलाई मध्यनजर गर्दै एलोन मस्कको अनौपचारिक डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोगे) अन एक्सको हालैको पोस्टसंग पनि प्रभावित देखिन्छ ।
अमेरिकी मिन्टको सन् २०२४ को प्रतिवेदनअनुसार एक प्रतिशत सिक्का उत्पादन र वितरण गर्न ३.६९ सेन्ट खर्च हुनेगर्छ । यो पैसा आर्थिक रूपमा मूल्य भार बहन गर्न अक्षम रहेको पनि तर्क हुने गरेको छ । कसैकसैले भने यसले मूल्य स्थिर गर्न मद्दत गरिरहेको छ त्यसैले उत्पादन बन्द गर्नु उपउयुक्त छैन ।
सन् १७९३ मा पहिलो पटक जारी गरिएको उक्त पेनीमा सन् १९०९ देखि राष्ट्रपति अब्राहम लिंकनको तस्बिर राखिएको छ । मुख्यतया जिंक र तामाबाट बनेको छ । क्यानडाजस्ता अन्य देशहरूले उच्च लागत र घट्दो क्रयशक्तिका कारण यस्ता पेनीहरू चरणबद्ध रूपमा बन्द गरिरहेका छन् । क्यानडाले सन् २०१२ मा आफ्नो यस्तै पेनी बन्द गरेको बीबीसीले जनाएको छ ।
नेपालमा एक रूपैयाँको सिक्का बन्द गरिनुपर्ने भन्दै बहस चलेको थियो । १ र २ रुपैयाँका कागजी नोटको छपाइ बन्द भएको भएपनि सिक्का भने उत्पादन भइरहेको छ । नपालमा यस्ता सिक्का भुक्तानीका लागि प्रयोग हुने भएपनि अधिकाँश भने धार्मिक कार्यहरूमा प्रयोग हुने गर्छ । जसको कारण बजारमा जारी भएको सिक्काहरू के कति मात्रमा रहेका छन् भन्ने तथ्यांक संकलन समेत प्रभावित हुने गरेको छ ।