काठमाडौं। मेटलाइफ नेपालको वान बाइ मेटलाइफ एपले सिंगापुरमा आयोजित ‘नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ । एपले प्रतिस्पर्धात्मक विधा डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर, नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर, नेपाल अवार्ड प्राप्त गरेको हो । यी अवार्डले नेपालमा मेटलाइफको नवप्रवर्तन, ग्राहक केन्द्रित सेवा र मार्केटिङ उत्कृष्टतालाई थप पुष्टि गरेको कम्पनीको दाबी छ ।
कार्यक्रममा अवार्ड ग्रहण गर्न मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका अन्य सदस्यहरूको उपस्थिति थियो । अवार्डले नवीन उत्पादन, सेवा र समाधानमार्फत ग्राहकमा महत्त्वपूर्ण प्रभाव पार्ने बीमा कम्पनीलाई सम्मान गर्दै आएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले वान बाइ मेटलाइफले प्रयोगकर्तालाई स्वस्थ जीवनयापन गर्न मद्दत गरेर र उनीहरूलाई आवश्यक परेको बेला स्वास्थ्य सेवा तथा स्रोतमा पहुँच प्रदान गरेर विश्वास जितेको बताए ।