काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र एईसी ग्लोबल नेपाल प्रालिबीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई सहजरूपमा शैक्षिक कर्जा दिनेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एईसी ग्लोबल नेपालका तर्फबाट निर्देशक अजित सिंहले हस्ताक्षर गरे ।
यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रममा बैंक तथा एईसी ग्लोबल नेपालका अन्य पदाधिकारीहरू समेतको उपस्थिति थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।