काठमाडौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनी गत आवको चौथो त्रैमाससम्ममा रू. ३० करोड १८ लाख घाटामा छ । अघिल्लो आवमा कम्पनीले रू. १ करोड ९३ लाख नाफा कमाएको थियो ।
गत आवमा विद्युत् विक्री आम्दानी घटेपछि कम्पनी घाटामा गएको हो । अघिल्लो आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू. ६३ करोड ८२ लाख रहेकोमा गत आवमा घटेर रू. २३ करोड ७३ लाखमा झरेको छ ।
त्यस्तै कम्पनीको अन्य आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २५२ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको अन्य आम्दानी रू. २ करोड ६३ लाख रहेकोमा गत आवमा बढेर रू. ९ करोड २९ लाख पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ५६ पैसा र तरलता अनुपात ४ दशमलव ९३ गुणा छ ।
कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ८९ करोड छ । कम्पनीले शेयर प्रिमियममा रू. १० करोड २८ लाख सञ्चिति गरेको छ । कम्पनीको रिजर्भ फण्ड रू. २७ करोड ५८ लाख ऋणात्मक छ ।