वीरगञ्ज। वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् । संघको ४९औं साधारणसभाबाट गौतम अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । गौतम यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । अगामी २ वर्षको लागि चुनिएको कार्यसमितिमा माधव राजपाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।
त्यस्तै द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजी कलवार, कोषाध्यक्षमा अनुज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल, सचिवद्वयमा सुशान्त चाचान र प्रेमचन्द्र गोयलका साथै सहसचिवद्वयमा नरेश टिवडेवाल र अनुप अग्रवाल चुनिएका छन् । यसअघि ३५ सदस्यीय कार्यसमिति सदस्य चयन भएको थियो ।