अमेरिकास्थित बहुराष्ट्रिय प्रविधि कम्पनी इण्टेलले विश्वकै सबैभन्दा सानो ‘थ्रीजी मोडेम’ सार्वजनिक गरेको छ । इण्टेल अहिले ‘इण्टरनेट अफ थिङ्ग्स’को बजारलाई लक्षित गरी ट्राञ्जिष्टर तथा चिप्सको उत्पादनमा लागिपरेको छ । प्रविधिविद्हरूले आगामी युग ‘इण्टरनेट अफ थिङ्ग्स’को हुने र त्यसको अर्थतन्त्र अहिलेको ‘इण्टरनेट अफ ह्युमन’को भन्दा कैøयौं गुणा ठूलो हुने भविष्यवाणी गरेसँगै विश्वका प्रमुख प्रविधि कम्पनीहरूको ध्यान इण्टरनेट अफ थिङ्सतर्फ आकृष्ट भएको हो ।
यसैबीच, इण्टेलले घरवरपरका घरायसी उपकरणहरूलाई ‘कनेक्टेड’ गर्ने थ्रीडी मोडेमको विकास गरेको छ । ३ सय वर्ग मिलिमिटर साइजको यो मोडेम विश्वकै सबैभन्दा सानो हो । यस मोडेमलाई ‘वेयरेबल’ प्रविधिका साथै ‘स्मार्ट स्मोक अलार्म’ जस्ता सुरक्षा उपकरणहरूमा पनि प्रयोग गर्न सकिन्छ । मोडेमलाई निकै हदसम्म तापप्रतिरोधी बनाइएकाले यसले प्रतिकूल अवस्थामा पनि काम गर्ने सामथ्र्य राख्ने बताइएको छ । साथै, यसको ऊर्जा आपूर्ति समेत यसैमा समावेश गरेर निर्माण गरिएको छ । प्रविधि विश्लेषण तथा परामर्श कम्पनी गार्टनरका अनुसन्धान निर्देशक सर्गिस मुशेलले यो उपकरण इण्टेलले मोबाइल कनेक्टिभिटी बजारमा प्रवेश गर्ने मनसायले विकास गरेको बताएका छन् । ‘यो आकारको कुरा मात्रै होइन,’ उनले भने, ‘वास्तमा इण्टेल इण्टरनेट अफ थिङ्समा उल्लेखनीय हिस्सेदारी लिन चाहन्छ । यसमा कनेक्टिभिटी नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।’ त्यसैले, कनेक्टिभिटीको अधिकार प्राप्त गर्नु उनीहरूको समग्र प्रडक्ट पोर्टफोलियोका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.