काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको नोक्सानी १ करोड ३३ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ४४ लाख ६६ हजार रुपैयाँभन्दा बढी मात्र खुद नोक्सानीमा थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नोक्सानी पनि १ करोड ७९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस्तो नोक्सानी ४८ लाख ९८ हजार रुपैयाँभन्दा बढी मात्र थियो ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी घटेको र कर्मचारी खर्च बढेकाले खुद नोक्सानीमा वृद्धि भएको देखिन्छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी रहेकोमा यस वर्ष ३ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी भएको हो ।
कर्मचारी खर्च भने गत वर्ष ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ७ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ ।
रिटर्न अर्निङ १ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा छ । गत वर्ष ६ दशमलव ५७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ७ दशमलव ९० प्रतिशत पुगेको छ ।
गत वर्ष १ करोड रुपैयाँभन्दा बढी रहेको कर्जा सापटी यस वर्ष शून्य छ । यो ६ महीनामा कम्पनीले ९३ करोड ९७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।