काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री नभएको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यस अघि कम्पनीले विद्यमान संस्थापकहरुलाई मात्र प्राथमिकतामा राखेर माघ ३० गते ३५ दिने सूचना जारी गरेको थियो ।
कुल कित्ता शेयरमध्ये ९९ हजार ४११ कित्ता र ४९ हजार ७०५ कित्ता शेयरको मूल्य प्रतिकित्रा १८० रुपैयाँ तोकिएको छ । त्यस्तै ८२ हजार ५९२ कित्ता शेयरको मूल्य प्रतिकित्ता १६३ रुपैयाँ ९० पैसा र २४ हजार ६०२ कित्ता शेयरको मुल्य प्रतिकित्ता १६३ रुपैयाँ ५० पैसा तोकिएको छ । इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्यका तोकिएको कित्ता शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.