पुस ३, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । पहिलो कारोबार शुरु भएदेखिनै उतारचढाव रहेको नेप्से एक घण्टाको अवधिमा १ दशमलव शून्य २ अङ्क घटेर १ हजार ५ सय ८ दशमलव १२ विन्दुमा पुगेको छ । यस समयमा कारोबार भएका ८७ कम्पनीको रू. ७ करोड ८ लाख ३२ हजार ५ सय ४९ बराबरको १ लाख ४९ हजार ६ सय ८१ कित्ता शेयर कारोबार भएको छ ।
सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयर प्रत्तिकित्ता रू. २ हजार १ सय ७० मा रू. ९५ लाख ६९ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ८ समूहमध्ये विकास बैङ्क समूह, वित्त, लघुवित्त, बीमा र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने पनि अन्यको परिसूचक घटेकाले नेप्से घटेको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.