साउन ६, काठमाडौं (अस) । सोमवार नेप्से कारोबार भएको दोस्रो घण्टामा २ दशमलव ४२ अंक बढेर १ हजार २७१ दशमलव १७ विन्दुमा पुगेको छ । यस समयसम्मको कारोबार अवधिमा १ सय ३० कम्पनीको १ हजार ३७८ पटकको कारोबारमा रू. १० करोड २२ लाख बराबरको शेयर कारोबार भएको हो । कारोबारको सो समयसम्ममा आएका ११ समूूहमध्ये निर्जीवन बीमा समूह, ‘अन्य’ समूह र म्युचुअल फन्ड समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से शून्य दशमलव १९ प्रतिशत बढेको छ ।
सो समयावधिसम्म नबिल बैंकको सर्वाधिक बढी रू. ८६ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको शेयरमूल्य ३ प्रतिशत बढेर प्रति शेयर रू. १०३ मा कारोबार भइरहेको छ । महुली सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने ३ दशमलव ८८ प्रतिशत घटेर रू. ९९० मा खरीद विक्री भइरहेको छ ।