असार १४ ,काठमाडौँ । साताको दोस्रो दिन नेप्से परिसूचक ११ दशमलव ७७ अङ्क (१ दशमलव २५ प्रतिशत) बढेको छ । सोमबार बजार खुलेदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक आधा घण्टाको व्यापारमा ९ सय ४९ दशमलव ७७ विन्दुमा उक्लिएको छ । व्यापारमा आएका सबै वीमा कम्पनीको शेयरमूल्य उच्च दरले बढेपछि समग्र नेप्से परिसूचक बढ्नमा टेवा पुगेको हो ।
यता राजनीतिक दलहरुले संविधानको मस्यौदा सर्वसम्मतीले पारीत गरेपछि संविधान बन्ने सुनिश्चितता भएको छ । जसका कारण त्यसको प्रभाव बजारमा पनि परेको छ । कारोबारमा आएकाहरु संविधान बन्ने कुराले उत्साहित बनेका छन् ।
सो अवधि सम्म वीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव १ प्रतिशतले बढेको छ । त्यसैगरी, जलविद्युत समूहको परिसूचक १ दशमलव २२, बैङ्किङ् १ दशमलव १९, विकास बैङ्क शून्य दशमलव १८ र वित्त कम्पनी शून्य दशमलव १३ प्रतिशतले बढेको छ । सो अवधिसम्म उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव २१ प्रतिशतले घटेको छ भने होटल समूहको परिसूचक स्थिर रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.