असार १३, काठमाडौं । आइतबार नेप्से परिसूचक ४ दशमलव ३६ अङ्कले बढेको छ । व्यापारको पहिलो ४० मिनेटसम्म घटेको नेप्से त्यसपछि उकालो लाग्न थालेको हो ।
व्यापारको १ घण्टा ३० मिनेटको अवधिमा नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशतले बढेर ९ सय ३४ दशमलव ७४ विन्दुमा पुगेको छ । यो अवधिसम्ममा नेपाल इन्भेष्टमेण्ट बैङ्कको संस्थापक शेयरको रू.३ करोड १७ लाख बराबरको शेयर कित्ता किनबेच भयो ।
विकास समूहको परिसूचक १ दशमलव ७४ प्रतिशतले बढेको छ । वीमा कम्पनीहरु मध्ये नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा बढि ४ दशलमव शून्य ८ प्रतिशतले बढेको छ । त्यस्तै, होटेल समूहको परिसूचक १ दशलमव २१ प्रतिशत, जलविद्युतको शून्य दशलमव ४, बैङ्किङको शून्य दशलमव ३५ र ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ ।
वित्त कम्पनी समूहको परिसूचक शून्य दशलमव ११ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव शून्य ४ प्रतिशतले घटेको छ । कारोबारमा आएको उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने स्थिर नै रहेको छ ।