साउन ६, काठमाडौं (अस) । सोमवार कारोबार भएको एक घण्टाको अवधिमा सात समूहको परिसूचक बढ्दा नेप्से १ दशमलव १० अंक बढेर १ हजार २६९ दशमलव ८५ विन्दुमा पुगेको छ । १ हजार २६८ दशमलव ७७ विन्दुबाट शुरु भएको परिसूचक आधा घण्टामा १ हजार २७१ दशमलव ४० विन्दुसम्म पुगेको थियो ।
कारोबार भएका ७९ कम्पनीको रू. ३ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक रू. ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।