असार १३, काठमाडौं । केही दिन देखी बढिरहेको परिसूचक साताको पहिलो दिनमा शून्य दशमलव ११ प्रतिशतले घटेको छ । आइतबार आधा घण्टाको व्यापारमा नेप्से परिसूचक १ दशलमव शून्य ५ अङ्कले घटेर ९ सय २९ दशमलव ३३ विन्दुमा झरेको हो । यो अवधिसम्ममा ४६ कम्पनीको १ सय ४० कारोबारबाट २ लाख २२ हजार ८ सय २८ कित्ता शेयर किनबेच भएको छ । बैङ्किङ, जलविद्युत र वीमा समूहले परिसूचक बढाउन कोशिस गरेपनि कारोबारमा आएका बाँकी समूहहरुको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक पनि ओरालो लागेको हो ।
बैङ्किङ समूहको परिसूचक शून्य दशलमव १८ प्रतिशत, वीमाको शून्य दशलमव १२ र जलविद्युतको शून्य दशमलव शून्य ४ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको परिसूचक १ दशमलव ९५ प्रतिशत, होटेलको १ दशमलव शून्य ४, विकास बैङ्कको शून्य दशलमव शून्य ९ र वित्त कम्पनीको शून्य दशलमव शून्य ४ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने स्थिर रहेको छ ।