काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५० लघुवित्त कम्पनीहरूमध्ये हालसम्म १२ कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
छिमेक लघुवित्त, नेशनल लघुवित्त, आशा लघुवित्त, गुराँस लघुवित्त, स्वाबलम्बन लघुवित्त, जीवन विकास लघुवित्त, सपोर्ट लघुवित्त, साना किसान विकास लघुवित्त, फरवार्ड लघुवित्त, आरएसडिसी लघुवित्त, फष्र्ट माइक्रो फाइनान्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
हालसम्म ५ लघुवित्त कम्पनीले भने गत आर्थिक वर्ष (आव)को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । उन्नति सहकार्य लघुवित्त, युनिक नेपाल लघुवित्त, निर्धन उत्थान लघुवित्त, हिमालयन लघुवित्त र विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।
लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये आशा लघुवित्त, गुराँस लघुवित्त र स्वावलम्बन लघुवित्तले साधारण सभाबाट लाभांश पारित गराइसकेका छन् ।
त्यस्तै नेशनल लघुवित्त, सपोर्ट लघुवित्त, फरवार्ड लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सले प्रस्तावित लाभांश पारित गर्न साधारण सभा बोलाएका छन् भने नेशनल, सपोर्ट र फरवार्ड लघुवित्तले बुक क्लोज गरिसकेका छन् ।
फर्स्ट माइक्रोफाइनान्सले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ११ मा साधारण सभा बोलाएको छ ।
नेशनल लघुवित्तले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २४ गते साधारण सभा बोलाएको छ ।
त्यस्तै, सपोर्ट लघुवित्तले १३ दशमलव ७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ ।
त्यसैगरी, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते साधारण सभा बोलाएको छ ।
नेशनल लघुवित्तले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश, साना किसान विकास लघुवित्तले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश र आरएसडिसी लघुवित्तले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै सूर्योदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश र छिमेक लघुवित्तले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
कुन कम्पनीको लाभांश कति ?
कम्पनीको नाम | २०८०/८१ को लाभांश % | कुल लाभांश % | |
बोनस शेयर | नगद लाभाश | ||
छिमेक लघुवित्त | 8 | 7 | 15 |
नेशनल लघुवित्त वित्तीय संस्था | 14.25 | 0.75 | 15 |
आशा लघुवित्त | 14.25 | 0.75 | 15 |
गुराँस लघुवित्त | 14.25 | 0.75 | 15 |
स्वाबलम्बन लघुवित्त | 14.25 | 0.75 | 15 |
जीवन विकास लघुवित्त | 14 | 0.74 | 14.74 |
सपोर्ट लघुवित्त | 13.78 | 0.73 | 14.51 |
साना किसान विकास लघुवित्त | 13.3 | 0.7 | 14 |
फरवार्ड लघुवित्त | 13.3 | 0.3 | 13.6 |
आरएसडिसी लघुवित्त | 9.5 | 0.5 | 10 |
फस्र्ट माइक्रो फाइनान्स | 9 | 0.47 | 9.47 |
सूर्योदय वोमी लघुवित्त | 6 | 1 | 7 |