काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले १३ आर्थिक वर्षको संयुक्त साधारण सभा फागुन ५ गते बोलाएको छ ।
माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको गोल्फुटारमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिाक वर्ष ०६७/६८ देखि ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको यो कम्पनीले घोषणापश्चात् सञ्चालक समितिमा भएको हेरफेर तथा नयाँ गठित सञ्चालक समितिले तत्कालीन अवस्थामा गरेका काम कारबाहीलाई पनि सभाले अनुमोदन गर्नेछ । आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्नेछ ।
संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणबाट प्रतिनिधित्व हुने २ जना गरी पाँच जना सञ्चालक निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा माघ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।