निओटेक मार्केटिङ प्रालिले नियमित ग्राहकलाई १५ प्रतिशत छूटमा वाटर प्युरिफायर विक्री गर्दै आएको छ । कम्पनीले आफ्ना ग्राहकको सङ्ख्या वृद्धि गर्न यस्तो कार्यक्रम ल्याएको कम्पनीका इञ्चार्ज सुनिल व्यञ्जनकारले बताए । यस्तो अफर ल्याउँदा अन्य समयको तुलनामा प्युरिफायरको व्यापार बढेको उनको अनुमान छ ।
निओटेक मार्केटिङबाट दैनिक पाँचओटा यस्ता मेशिन विक्री हुने गरेको व्यञ्जनकारले जानकारी दिए । कम्पनीले अक्वा स्योर ब्राण्डका पानी प्रशोधन गर्ने मेशिन विक्री गर्दै आएको छ । यो मेशिन भारतीय कम्पनी यूरेका फोब्सले उत्पादन गरेको हो । निओटेक मार्केटिङ अक्वा स्योर ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता हो ।
यूभी प्रविधि भएका यस्ता मेशिनले एक मिनेटमा एकदेखि दुई लिटर पानी प्रशोधन गर्ने व्यञ्जनकारले जानकारी दिए । यस्तै आरओ प्रविधि भएको मेशिनले एक घण्टामा आठदेखि नौ लिटर पानी प्रशोधन गर्ने उनी बताउँछन् । यसमा ‘प्रि–फिल्टर’ थप्न सकिने र यसको प्रयोगले मेशिनको पानी प्रशोधन गर्ने क्षमता बढाउन सकिन्छ । यसको प्रयोगपछि मेशिनले एक घण्टामा २० देखि २५ लिटर पानी प्रशोधन गर्ने कम्पनीको दाबी छ । प्रि–फिल्टरको मूल्य ५ हजार रुपैयाँ पर्ने उनले बताएका छन् ।
यो रिभर्स असमोसिस प्रणालीको पानी प्रशोधन गर्ने मेशिन भए पनि अल्ट्रा भ्वाइलेटकै मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले काठमाडौंमा मात्रै करीब १ सयओटा डिलरमार्फत अक्वा स्योर उपलब्ध गराउँदै आएको छ । यसबाहेक राजधानीबाहिरका मुख्य शहरमा समेत यसका डिलर छन् ।
यी सामानको खरीदमा १ वर्षको वारेण्टी हुने र प्राविधिकहरू प्रत्येक ३ महीनामा ग्राहकको घरमै गएर सामान परीक्षण गर्ने व्यवस्था रहेको व्यञ्जनकारको भनाइ छ । कम्पनीले विद्युत् नभएको समयमा पनि चल्ने खालका मेशिन बजारमा ल्याएको छ । साथै, यूभी प्रविधिको मेशिनले २० वाटदेखि २५ वाट र आरओ प्रविधिको मेशिनले ४० वाटदेखि ५० वाटसम्म विद्युत् खपत गर्ने उनले जानकारी दिए । बजारमा अहिले यसैको नक्कल गरिएका सामान भएका हुनाले सामान खरीद गर्दा यूरेका फोब्सको लोगो भएका सामान मात्र खरीद गर्न उनको सुझाव छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.