ग्रीन सप्लायर्सले चार प्रकारका वाटर प्युरिफायर मेशिन विक्री गर्दै आएको छ । सप्लायर्सले अल्ट्रा भ्वाइलेट, अल्ट्रा फिल्ट्रेशन, नानो फिल्ट्रेशन र रिभर्स असमोसिस गरी चार प्रकारका पानी प्रशोधन गर्ने मेशिन विक्री गर्दै आएको सञ्चालक अतिक सल्मानीले बताए । सप्लायर्सले यूरोगार्ड ब्राण्डका वाटर प्युरिफायर मेशिन विक्री गर्दै आएको छ । यस्ता मेशिनबाट जस्तोसुकै पानी पनि शुद्ध गर्न सकिने उनको दाबी छ ।
अल्ट्रा भ्वाइलेट प्रणालीबाट प्रशोधन गरिएको पानी २० मिनेट उमालेको पानीभन्दा शुद्ध हुने सल्मानीको भनाइ छ । यसमा इलेक्ट्रोनिक मोनिटरिङ सिष्टम (ईएमएस) जडान गरिएको हुन्छ । यसले पानी शतप्रतिशत शुद्ध भएपछि मात्र बाहिर पठाउने कम्पनीले बताएको छ । साथै, मेशिनले निश्चित समयमा फिल्टरहरू बदल्न सूचना दिने सल्मानीले बताए । यस्ता मेशिन बिजुली नचाहिएको बेलामा आफै बन्द हुने उनको भनाइ छ । विद्युत्को भोल्टेज कम अथवा बढी हुँदा पनि यसले काम गरिरहन्छ ।
पानी प्रशोधन गर्दा यूरोगार्डले पानीमा भएका मिनरलहरू यथावत् राख्ने उनले बताए । अहिले घरायसी प्रयोजनका लागि ४ हजार रुपैयाँदेखि पानी शुद्धीकरण गर्ने मेशिन उपलब्ध छन् । त्यस्तै, व्यावसायिक प्रयोजनका लागि भने ५ लाख ५० हजार रुपैयाँसम्मका मेशिन बजारमा उपलब्ध रहेको उनले जानकारी दिए ।
यूरोगार्ड मेशिनमा खानयोग्य सामानको मात्र प्रयोग गरिन्छ । यसका साथै यो अन्य कम्पनीले उत्पादन गरेका वाटर प्युरिफायर मेशिनको तुलनामा गुणस्तरीय रहेको सल्मानीको दाबी छ । सप्लायर्सले हरेक वाटर प्युरिफायरमा १ वर्षको वारेण्टी दिँदै आएको छ । फोब्स कम्पनीले उत्पादन गरेका पानी प्रशोधन गर्ने मेशिनहरू विश्वका ५० देशमा उपलब्ध छन् । नेपालमा आउने र अन्य देशमा जाने सामानको गुणस्तर एउटै हुन्छ ।
यसको निर्माण गर्दा शरीरलाई हानी गर्ने सामानको प्रयोग भएको छ÷छैन भन्ने कुरामा विशेष ध्यान दिइने सल्मानीको भनाइ छ । ‘नेपालमा १९ वर्षदेखि सबैको मुखमा यूरोगार्ड नै झुण्डिनु भनेको विक्रीपछिको राम्रो सुविधा भएका करण नै हो । हामीले काठमाडौंमा मात्र १० जना तालीमप्राप्त प्राविधिक राखेका छौं,’ उनले भने ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.