नेप्सेको घट्ने क्रम जारी,३.०१ अङ्क घट्यो नेप्से (१२ः३० बजेको अपडेट)
साउन २२, काठमाडौं । बिहीबार नेप्से परिसूचक ३ दशमलव शून्य १ अङ्क (शून्य दशमलव २९ प्रतिशत) ले घटेको छ । सो दिन अघिल्लो दिनको बन्द विन्दुभन्दा शून्य दशमलव शून्य १ अङ्क तल १ हजार ४१ दशमलव २३ बाट बजार खुलेको हो । बजार खुलेदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक आधा घण्टाको व्यापारमा घटेर १ हजार ३८ दशमलव २१ विन्दुमा ओर्लिएको छ । सो अवधिसम्म व्यापारमा आएको तीन समूहको परिसूचक बढेको छ भने तीन समूहको परिसूचक घटेको छ ।
बिहीबार व्यापारमा आएको बीमा समूहको परिसूचक शून्य दशमलव ५५ प्रतिशत, बैङ्किङ शून्य दशमलव ५ र होटेल समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशतले घटेको छ । त्यसैगरी, सो अवधिसम्म जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशत, विकास बैङ्क शून्य दशमलव २२ र वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशतले बढेको छ ।