अल्ट्रा भ्वाइलेट (यूभी) प्रविधि
यसलाई ई–वाइलिङ प्रविधि पनि भनिन्छ । यसले पानीलाई २० मिनेट तताएको भन्दा शुद्ध गर्ने ग्रीन सप्लायर्सका सञ्चालक अतिक सल्मानीले जानकारी दिए । यो सरकारी निकायबाट वितरण गरिएको खानेपानी शुद्ध गर्न प्रयोग गरिन्छ । ‘हामीसँग यसका ६ ओटा मोडल छन्,’ उनले भने । सरकारी निकायले पठाएको पानीमा पूर्ण घुलनशील ठोस (टीडीएस) मापदण्डभित्र रहेको हुन्छ । तर, यो पानी उपभोक्ताको घरसम्म आइपुग्दा विभिन्न रासायनिक पदार्थ मिसिएर दूषित हुन्छ । पुराना पाइप छन् भने गन्ध हुन्छ । यूभी प्रविधिले पानीमा भएको पूर्ण घुलनशील ठोस पदार्थलाई घटाउँदैन । तर, विभिन्न दूषित पदार्थलाई भने हटाउने गर्दछ । तसर्थ, यूभी प्रविधिका पानी प्रशोधन गर्ने मेशिनको प्रयोग गर्नुपर्ने सल्मानीको भनाइ छ ।
अल्ट्रा फिल्ट्रेशन (यूएफ) प्रणाली
यो जहाँ पानी धेरै धमिलो छ, त्यहाँ प्रयोग गरिन्छ । यस्तो प्रविधिले पानीको धमिलोपना घटाई सफा गर्छ । यसले पनि पानीमा भएका भौतिक पदार्थ, रासायनिक पदार्थ र कीटाणु हटाउने उनले जानकारी दिए ।
नानो फिल्ट्रेशन (एनएफ) प्रणाली
जहाँको पानीमा पूर्ण घुलनशील पदार्थको मात्रा ५ सयभन्दा तल हुन्छ, त्यस्तो ठाउँमा एनएफ प्रविधिको प्रयोग गर्नुपर्ने सल्मानीले बताएका छन् । ‘यसले पानीमा भएको पूर्ण घुलनशील ठोस पदार्थलाई ४० देखि ५० प्रतिशत मात्र घटाउँछ’, सल्मानीले भने, ‘जहाँ ट्याङ्करले ल्याएको पानीको प्रयोग हुन्छ । सरकारी निकायले वितरण गरेको पानी पनि मिसिएको हुन्छ, त्यस्तो अवस्थामा एनएफ प्रविधिको प्रयोग गर्नु राम्रो हुन्छ ।’
रिभर्स असमोसिस (आरओ) प्रणाली
यो प्रणाली २ हजार ५ सयसम्म पूर्ण घुलनशील ठोस भएको पानी प्रशोधनका लागि प्रयोग गरिने सल्मानीले बताएका छन् । यसले ९० प्रतिशत टीडीएसलाई घटाउने काम गर्छ । जस्तै : पानीमा ६ सय टीडीएस छ भने यसको ९० प्रतिशत घटाउँदा जम्मा ६० प्रतिशत मात्र टीडीएस बाँकी हुन्छ । उक्त मात्राको टीडीएस पानीका लागि आवश्यक हुने उनले बताएका छन् । तसर्थ, २ हजार ५ सयसम्म टीडीएस भएको पानीमा यूरोगार्डमा भएको आरओ प्रणालीले काम गर्ने सल्मानीको भनाइ छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.