नवीन डिष्ट्रिब्युटर प्रालिले तीन प्रकारका पानी शुद्धीकरण गर्ने मेशिन विक्री गर्दै आएको छ । कम्पनीले आरओ, यूभी र यूएफ प्रकारका मेशिन विक्री गर्दै आएको सिनियर मार्केटिङ एक्जुकेटिभ त्रिभुवन पौडेलले बताए । कम्पनीले भारतमा उत्पादन हुने केण्ट ब्राण्डका पानी शुद्धीकरण गर्ने मेशिन विक्री गर्दै आएको छ । नवीन डिष्ट्रिब्युटर प्रालि केण्ट ब्राण्डका वाटर प्युरिफायर मेशिनको नेपालका लागि आधिकारिक विक्रेता हो ।
कम्पनीले आरओका पाँच, यूभीका दुई र यूएफ प्रकारका एक मोडलका मेशिन विक्री गर्दै आएको पौडेलले जानकारी दिए । उनका अनुसार आरओ प्रकारको मेशिनले जमीनमुनिको पानी शुद्ध पार्ने काम गर्छ । त्यसैगरी, यूभी र यूएफ प्रकारका मेशिनले पाइप तथा इनारबाट वितरित पानी शुद्ध पार्ने काम गर्छ । हाल कम्पनीले वार्षिक १ हजार ५ सयदेखि २ हजार पिस वाटर प्युरिफायर मेशिन विक्री गर्ने गरेको छ । त्यसमध्ये ६० प्रतिशत आरओ प्रकारका मेशिन विक्री हुने पौडेलले बताए । कम्पनीले विगत ४ वर्षदेखि वाटर प्युरिफायरको व्यवसाय गर्दै आएको छ ।
कम्पनीबाट विक्री हुने मेशिनले ६ चरणअन्तर्गत पानी शुद्ध बनाउने काम गर्छन् । ६ चरण पार गरेपछि जस्तोसुकै पानी पनि पिउनयोग्य हुने उनको दाबी छ । यसमा भएको थप प्रणालीको रिभर्स असमोसिसले करीब ९६ प्रतिशत नकारात्मक रसायन निष्क्रिय बनाइदिन्छ । त्यस्तो नकारात्मक रसायनलाई ६० देखि ७० प्रतिशत पानीसँगै बाहिर फालिदिन्छ । र, बाँकी रहेको करीब ४० प्रतिशत पानी पिउनयोग्य हुन्छ ।
त्यसका लागि पानी शून्य दशमलव ०००१ माइक्रोनबाट जाने गर्छ । तर, हानिकारक ब्याक्टेरिया शून्य दशमलव शून्य ५ माइक्रोनको हुने उनले बताए । त्यस्तै आरओबाट पनि पार भएर कुनै हानिकारक कीटाणु गएमा मेशिनमा भएको यूभी ल्याम्पले रोक्छ । पाँचौं चरणमा मेशिनमा रहेको अल्ट्रा फिल्टरेशनले पानीमा भएको धमिलोपना हटाउँछ । अन्तिम चरणमा पानीको प्राकृतिकतालाई ताजा बनाउने काम गर्छ । र, पानी स्वादिलो तथा चम्किलो पनि बनाउने उनले बताए । यस्तो मेशिनले घण्टामा १५ लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्छ । यसमा आठ लिटर पानि भण्डारण गर्न सकिन्छ ।
कम्पनीले विक्री गर्ने वाटर प्युरिफायर मेशिनको मूल्य ५ हजारदेखि ८५ हजार ५ सय रुपैयाँसम्म पर्छ । कम्पनीले व्यावसायिक क्षेत्र र घरायसी प्रयोजनका लागि गरी दुईथरी पानी शुद्ध पार्ने मेशिन बजारमा उपलब्ध गराएको छ । कम्पनीले हरेक मेशिनमा १ वर्षको वारेण्टी दिएको बताएको छ । कम्पनीले मेशिन जडान गरेको १ वर्षभित्र चारपटकसम्म निःशुल्क मर्मत गरिदिने बताएको छ । कम्पनीले विक्री गर्ने मेशिनमा टीडीएस कण्ट्रोलर र काट्रिज सीलप्याक पाइन्छ ।
टीडीएस कण्ट्रोलर भएको मेशिनले मानिसको स्वस्थ्यका लागि आवश्यक पर्ने मिनरल पूर्ति गर्ने उनको भनाइ छ । नवीन डिष्ट्रिब्युटरले विक्री गर्ने मेशिनमा मात्र यस्तो सुविधा उपलब्ध रहेको पौडेलको दाबी छ । यसले नेपालभर करीब २० ओटा आधिकारिक विक्रेतामार्फत सामान विक्री गर्ने गरेको छ । केण्ट मेशिन भित्तामा अड्याउने तथा किचनको भुइँमा राख्ने गरी दुई प्रकारमा उपलब्ध छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.