आइतवारबाट बजार खोल्ने नेप्सेको सोच
निर्णय हुन बाँकी
कम्तीमा १५ दिन कारोबार नखोल्न ब्रोकरको सुझाव
सबै ब्रोकरले काम गर्न नसक्ने अवस्था
नेप्सेबाटै राफसाफ सेवा दिइने
विजयराज खनाल
वैशाख १७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आइतवारबाट बजार खोल्ने सोच बनाए पनि ठोस निर्णय भने गर्न बाँकी रहेकोे बताएको छ । ‘आइतवारबाट बजार खोल्ने कि भन्ने सोच हो, तर कत्तिको सम्भव हुन्छ, निर्णय गरिसकेका छैनौं,’ नेप्सेका सहप्रवक्ता मुरारी पराजुलीले अभियानलाई बताए । नेप्सेको भवनमा कुनै क्षति नभए पनि केही उपकरणमा सामान्य क्षति पुगेको उनले जानकारी दिए । उनका अनुसार नेप्सेको प्रणालीमा कुनै समस्या छैन । नेप्सेले बिहीवार सबै ब्रोकरसँग नेटवर्क सम्पर्कको अवस्थाको पनि परीक्षण गरेको छ । परीक्षणबाट कुनै पनि ब्रोकरसँगको नेटवर्कमा समस्या नदेखिएको बताइएको छ ।
नेप्सेले बिहीवार नै प्रेस विज्ञप्तिमार्पmत कारोबार प्रणाली, डाटा स्टोरेज र नेटवर्कमा समस्या नरहेकाले कारोबार गर्न सकिने स्पष्ट पारेको छ । तर, सर्वसाधारण कारोबारभन्दा पनि उद्धारमा तल्लीन देखिएको र राफसाफमा पनि समस्या देखिने भन्दै तत्काल सहज रूपमा कारोबार सञ्चालन गर्ने अवस्था नरहेको पनि विज्ञप्तिमा उल्लेख छ । करीब डेढ वर्षदेखि शेयर कारोबारको सम्पूर्ण राफसाफ सेवा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिँदै आएको छ । पराजुलीका अनुसार सीडीएससी रहेको भवनमा क्षति पुगेको र काम गर्न समस्या हुने भएकाले नेप्सेले आप्mनै भवनबाट राफसाफ सेवा दिने सोच पनि बनाएको छ । तर, भौतिक शेयरको राफसाफ सेवा दिन मात्र नेप्सेको भवन प्रयोगमा ल्याउन सकिने अवस्था रहेको सीडीएससीले उल्लेख गरेको छ ।
‘डिम्याट (अभौतिक) शेयरको राफसाफलाई धेरै स्थान चाहिन्छ भन्ने होइन, तर नेप्सेबाट भौतिक शेयरको राफसाफ सेवा दिन सकिने स्थानमात्र बाँकी देखिन्छ,’ सीडीएससीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले भने । उनका अनुसार सीडीएससी रहेको भवनबाट काम गर्न सकिने÷नसकिनेबारे इञ्जिनीयरबाट रिपोर्ट लिएर मात्र राफसाफ सेवाको ठोस निर्णय लिइनेछ । हाल सीडीएससी रहेको शिखर इन्स्योरेन्सको भवन बस्नयोग्य भएको इञ्जिनीयरले प्रमाणित गरिसकेको बताइएको छ । सीडीएससीले भने आप्mनै इञ्जिनीयरबाट भवनको स्थिति बुभ्mने स्पष्ट पारेको छ ।
यता, ब्रोकरहरूले पनि नेप्सेलाई शेयर बजार कम्तीमा १५ दिनदेखि १ महीनाका लागि बन्द गर्न आग्रह गरेका छन् । काम गर्ने जनशक्तिको अभाव र काम गर्ने वातावरण बनिनसकेको भन्दै ब्रोकरले पनि यो समय मागेको हो । ‘हामीहरूको सङ्घ बिहीवार नै गोरखा र धादिङमा सहयोगका लागि पुगेको छ, भोलि नुवाकोट र सिन्धुपाल्चोक पुग्दै छौं, यहाँ काम गर्ने मानिसको पनि अभाव छ,’ स्टक ब्रोकर्स एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतीले भने । उनका अनुसार दीपशिखा धितोपत्र कम्पनी लिमिटेड (ब्रो. ३८) रहेको भवनमा क्षति भएकाले त्यहाँ काम गर्न सकिने अवस्था छैन ।
- कम्तीमा १५ दिन कारोबार नखोल्न ब्रोकरको सुझाव
- सबै ब्रोकरले काम गर्न नसक्ने अवस्था
- नेप्सेबाटै राफसाफ सेवा दिइने
वैशाख १७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आइतवारबाट बजार खोल्ने सोच बनाए पनि ठोस निर्णय भने गर्न बाँकी रहेकोे बताएको छ । ‘आइतवारबाट बजार खोल्ने कि भन्ने सोच हो, तर कत्तिको सम्भव हुन्छ, निर्णय गरिसकेका छैनौं,’ नेप्सेका सहप्रवक्ता मुरारी पराजुलीले अभियानलाई बताए । नेप्सेको भवनमा कुनै क्षति नभए पनि केही उपकरणमा सामान्य क्षति पुगेको उनले जानकारी दिए ।
उनका अनुसार नेप्सेको प्रणालीमा कुनै समस्या छैन । नेप्सेले बिहीवार सबै ब्रोकरसँग नेटवर्क सम्पर्कको अवस्थाको पनि परीक्षण गरेको छ । परीक्षणबाट कुनै पनि ब्रोकरसँगको नेटवर्कमा समस्या नदेखिएको बताइएको छ ।
नेप्सेले बिहीवार नै प्रेस विज्ञप्तिमार्पmत कारोबार प्रणाली, डाटा स्टोरेज र नेटवर्कमा समस्या नरहेकाले कारोबार गर्न सकिने स्पष्ट पारेको छ । तर, सर्वसाधारण कारोबारभन्दा पनि उद्धारमा तल्लीन देखिएको र राफसाफमा पनि समस्या देखिने भन्दै तत्काल सहज रूपमा कारोबार सञ्चालन गर्ने अवस्था नरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
करीब डेढ वर्षदेखि शेयर कारोबारको सम्पूर्ण राफसाफ सेवा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले दिँदै आएको छ । पराजुलीका अनुसार सीडीएससी रहेको भवनमा क्षति पुगेको र काम गर्न समस्या हुने भएकाले नेप्सेले आप्mनै भवनबाट राफसाफ सेवा दिने सोच पनि बनाएको छ । तर, भौतिक शेयरको राफसाफ सेवा दिन मात्र नेप्सेको भवन प्रयोगमा ल्याउन सकिने अवस्था रहेको सीडीएससीले उल्लेख गरेको छ ।
‘डिम्याट (अभौतिक) शेयरको राफसाफलाई धेरै स्थान चाहिन्छ भन्ने होइन, तर नेप्सेबाट भौतिक शेयरको राफसाफ सेवा दिन सकिने स्थानमात्र बाँकी देखिन्छ,’ सीडीएससीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले भने ।
उनका अनुसार सीडीएससी रहेको भवनबाट काम गर्न सकिने÷नसकिनेबारे इञ्जिनीयरबाट रिपोर्ट लिएर मात्र राफसाफ सेवाको ठोस निर्णय लिइनेछ । हाल सीडीएससी रहेको शिखर इन्स्योरेन्सको भवन बस्नयोग्य भएको इञ्जिनीयरले प्रमाणित गरिसकेको बताइएको छ । सीडीएससीले भने आप्mनै इञ्जिनीयरबाट भवनको स्थिति बुभ्mने स्पष्ट पारेको छ ।
यता, ब्रोकरहरूले पनि नेप्सेलाई शेयर बजार कम्तीमा १५ दिनदेखि १ महीनाका लागि बन्द गर्न आग्रह गरेका छन् । काम गर्ने जनशक्तिको अभाव र काम गर्ने वातावरण बनिनसकेको भन्दै ब्रोकरले पनि यो समय मागेको हो ।
‘हामीहरूको सङ्घ बिहीवार नै गोरखा र धादिङमा सहयोगका लागि पुगेको छ, भोलि नुवाकोट र सिन्धुपाल्चोक पुग्दै छौं, यहाँ काम गर्ने मानिसको पनि अभाव छ,’ स्टक ब्रोकर्स एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतीले भने । उनका अनुसार दीपशिखा धितोपत्र कम्पनी लिमिटेड (ब्रो. ३८) रहेको भवनमा क्षति भएकाले त्यहाँ काम गर्न सकिने अवस्था छैन ।